आ. व. २०७९/०८० को वार्षिक प्रगति समीक्षा गोष्ठी, कृषि अनुसन्धान निर्देशनालय, लुम्ले
मिति २०८०-४-१७ र १८ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय (वन तथा वातावरण तर्फ) र यस अन्तरगतका निकायहरुको गत आ.व. २०७९/०८० को वार्षिक प्रगति समीक्षा गोष्ठी, कृषि अनुसन्धान निर्देशनालय, गण्डकी प्रदेश, लुम्लेमा सम्पन्न भएको छ l उक्त कार्यक्रम वन निर्देशनालयले आयोजना गरेको थियो l कार्यक्रम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री दीपेन्द्र बहादुर थापाको प्रमुख आथित्यतामा संचालन भएको थियो l कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश वन निर्देशनालय, ताल संरक्षण तथा विकास प्राधिकरण, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र,११वटै डिभिजन वन कार्यालयहरु, भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु तनहुँ र पर्बत, USAID जल जंगल र अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो l
Download: आ. व. २०७९/०८० को वार्षिक प्रगति समीक्षा गोष्ठी, कृषि अनुसन्धान निर्देशनालय, लुम्ले