गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश र रिकोफट नेपालको सहकार्यमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न



 

 

मिति २०८०।०६।०८ गते सोमबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश र रिकोफट नेपाल (https://www.recoftc.org/en/nepal) को सहकार्यमा मन्त्रालयका सचिव विशाल घिमिरेको अध्यक्षता, माननीय मन्त्री दिपेन्द्र बहादुर थापाज्युको प्रमुख आतिथ्यता तथा नेपाल सरकारका पूर्व सचिव एवं वनविज्ञ डा. स्वयमभूमान अमात्यको विशिष्ट आतिथ्यतामा "संघीयतामा प्रदेशस्तरको वन क्षेत्रको सवलीकरण, सुधार गर्नुपर्ने क्षेत्र, अवसर र नीतिगत कार्ययोजना सम्बन्धी नीति सम्वाद विषयक एक दिने कार्यशाला गोष्ठी टीका रिसोर्ट, लेकसाईड, पोखरामा सम्पन्न भएको छ । यस कार्यशालामा प्रदेश वन निर्देशनालय, पोखरा; वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, पोखरा; ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकी प्रदेश; डिभिजन वन कार्यालय कास्की; वन विज्ञान अध्ययन संस्थान, पोखरा; वृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकी; गाउँपालिका राष्ट्रिय महासंघ, गण्डकी प्रदेशका अध्यक्ष नवराज ओझा; नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, गण्डकी प्रदेशका अध्यक्ष प्रेमलाल श्रेष्ठ; पारिवारिक निजी वन महासंघ, गण्डकीका अध्यक्ष; USAID जलजगंल परियोजना, पोखराका प्रमुख; सामुदायिक वन उपभोक्ता महासंघ, कास्की का अध्यक्ष; माछापुच्छे«] विकास संस्था; अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय पोखराका प्रमुख; हिमवन्ती नेपाल, कास्कीका अध्यक्ष; पन्चासे वन संरक्षण क्षेत्र कार्यालयका प्रमुख तथा प्रतिनिधिज्यूहरु लगायत मन्त्रालयका कर्मचारीहरु सहभागी हुनु भएको थियो । कार्यशालामा स्वागत मन्तव्य मन्त्रालयका वरिष्ठ वन अधिकृत पूर्णेश्वर सुवेदीले गर्नु भएको थियो भने संचालन वन अधिकृत राजेश पौडेलले गर्नुभएको थियो । रिकोफट, नेपालका प्रतिनिधि प्रदीप बुढाथोकीले कार्यशालाको उद्देश्य प्रस्ट पार्दै प्रदेश सरकारसंग सहकार्य किन भन्ने विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । रिकोफट, नेपालका बोर्ड सदस्य तथा वनविज्ञ डा. स्वयमभूमान अमात्यले संघीय नेपालमा वन क्षेत्रको शक्ति, अन्तर र अवसरहरु तथा अन्तराष्ट्रिय अभ्यासको बारेमा सहजीकरण साथै सहाभागीहरुसंग सैद्धान्तिक एवं व्यावहारिक पक्षबारेमा छलफल गर्नु भएको थियो । मन्त्रालयका महाशाखा प्रमुख श्री केदार बरालले संघीयतामा वन क्षेत्रको नीतिगत प्रकृया र अभ्यासको समीक्षा गर्नु भएको थियो । प्रमुख अतिथि एवम् माननीय मन्त्री दिपेन्द्र बहादुर थापाले प्रदेशको वन संरक्षण, विकास र व्यवस्थापनको महत्व, यसका लागि मन्त्रालयले सुरु गरेका प्रयासहरु, प्रदेश वन ऐन २०८० को विशेषता, रिकोफट नेपालसंगको थप सहकार्यको सम्भावना आदि विषयमा मन्तव्य राख्नु भएको थियो । अत्यमा कार्यशालाको अध्यक्षता समेत गर्नु भएका सचिव घिमिरेले रिकोफट, नेपालसंगको दिर्घकालीन सहकार्यमा प्रदेशको वन तथा जलाधारको विकास, व्यवस्थापन र सदुपयोग, क्षेत्रगत कार्य प्रगति, क्षमता अभिवृद्धि तथा अध्ययन अनुसन्धान लगायतका कार्यहरुमा सहकार्य गर्न सकिने विषयमा जानकारी गराउदै कार्यशाला समापन गर्नु भएको थियो । गण्डकी प्रदेशको वन, वातावरण, वन्यजन्तु, जैविक विविधता, जलाधारलाई दिगो व्यवस्थापन गर्दै, वनको उत्पादन र उत्पादकत्व बढाउदै राजश्व, रोजगारी वृद्धि गर्ने, आवश्यक नियमावली, कार्यविधि, निर्देशिका तयारीमा प्राविधिक सहकार्य गर्ने, संस्थागत विकास, कर्मचारी र समूहको क्षमता अभिवृद्धि गर्ने साथै सहभागितामुलक वन व्यवस्थापनको अभ्यास, सिकाई आदान प्रदान र ज्ञानको अभिलेखीकरण एवं विस्तार र अध्ययन अनुसन्धानका क्षेत्रमा स्थानीय तहहरु र नीजि क्षेत्रहरु तथा शैक्षिक संस्था, विश्वविद्यालयहरुसंग सम्झौता गरि सम्भावनाहरुमा थप कार्य गर्न मन्त्रालय र रिकोफट, नेपाल विच दिर्घकालिन सहकार्य गर्ने निष्कर्षसाथ सो कार्याशाला समापन समेत भएको थियो ।

     

 

     

 

 

Download: उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश र रिकोफट नेपालको सहकार्यमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न