गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

मन्त्रालयको कार्यजिम्मेवारी (वन तथा वातावरणतर्फ)


सि.नं. कार्य जिम्मेवारीहरू (वन तथा वातावरणतर्फ)
प्रदेशस्तरमा वन क्षेत्रको नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा कार्यान्वयन र नियमन
वन्यजन्तु र वन पैदावार ओसारपसार सम्बन्धी नियमन र अपराध नियन्त्रण
वन, वनस्पति, वन्यजन्तु र जैविक विविधता सम्बन्धी प्रादेशिक संग्रहालय व्यवस्थापन
प्रदेशस्तरमा संरक्षण क्षेत्र र चरन क्षेत्रको व्यवस्थापन
जैविक विविधता पार्क, हात्तीसार तथा चिडियाखानाको व्यवस्थापन
जडिबुटि खेती सम्बन्धी नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन तथा जडिबुटि खेती प्रविधि प्रवर्द्धन, प्रविधि प्रवर्द्धन, विस्तार तथा बजारीकरण, अध्ययन अनुसन्धान तथा तथ्याङ्क संकलन
वन तथा वातावरण सम्बन्धी विषयमा प्राविधिक सूचना तथा सेवा प्रवाह
वन अतिक्रमण तथा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी नीति, समन्वय र सहयोग
प्रदेशस्तरका बनस्पती उधान तथा हर्वेरीयमहरुको व्यवस्थापन र वनस्पती पहिचान तथा अभिलेखीकरण सम्बन्धी नीति र व्यवस्थापन
१० प्रदेशस्तरमा जैविक विविधताको अध्ययन, अनुसन्धान, व्यवस्थापन, नियमन, संरक्षण एवं लाभाशं बाँडफाँड
११ प्रदेशस्तरमा जलाधार संरक्षण तथा जलउपयोग नीति, प्रविधि विकास, व्यवस्थापन
१२ प्रदेश भित्र भूस्खलन नियन्त्रण
१३ प्रदेशस्तरमा वातावरणीय संरक्षण तथा स्वच्छता सम्बन्धी प्रविधि विकास र व्यवस्थापन
१४ प्रदेशस्तरमा वातावरण सम्बन्धी नीति, कानून, मापदण्ड, तर्जुमा, कार्यान्वयन र नियमन
१५ प्रदेशस्तरमा वातावरणीय जोखिमका लागि तयारी तथा उद्धार र वातावरणीय सूचना प्रणालीको स्थापना
१६ प्रदेशस्तरमा वातावरणीय प्रयोगशाला स्थापना, सञ्चालन र व्यवस्थापन
१७ प्रदेशस्तरमा ठोस, वायु, तरल, जल, ध्वनी तथा विद्युतीय लगायत प्रदुषणको मापदण्ड निर्धारण, कार्यान्वयन, अनुगमन तथा नियन्त्रण
१८ प्रदेशस्तरमा न्यून कार्वनमूखी तथा वातावरणमैत्री विकास प्रक्रिया र हरित क्षेत्र प्रवर्द्धन
१९ प्रदेशस्तरमा वातावरणीय संरक्षण क्षेत्र तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन
२० प्रदेशभित्र वातावरणीय क्षेत्रको अध्ययन, अनुसन्धान, क्षमता अभिवृद्धी, वातावरणीय सुशासन तथा परिक्षण
२१ भूपरिधि क्षेत्र तथा वन क्षेत्रको पहिचान, वर्गीकरण, संरक्षण र व्यवस्थापन
२२ संरक्षण क्षेत्र पहिचान र व्यवस्थापकीय पद्धति निर्धारण
२३ अन्तरप्रदेशीय नदी उकास तथा सडक किनारा वृक्षारोपण व्यवस्थापन
२४ वृक्षारोपणको लागि दिगो तथा गुणस्तरीय विउ उत्पादन, विउ वगैचा संस्थापना र व्यवस्थापन
२५ प्रदेशभित्र बृक्षारोपण तथा सम्भार सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन
२६ प्रदेशभित्र जडिबुटि तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी व्यवस्थापन
२७ वन्यजन्तु र चराचुरुङ्गी सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा कार्यान्वयन र नियमन
२८ ताल विकास प्राधिकरण र वन, वातावरण तथा भूसंरक्षण सम्बन्धी संघ संस्था