गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा १०औँ पर्वतीय महोत्सव–२०८२मा वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलज्यूको सहभागिता



 

गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेलज्यूले अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसरमा अन्तर्राष्ट्रिय पर्वतारोहण सङ्घद्वारा पोखरास्थित अन्तर्राष्ट्रिय माउन्टेन म्यूजियममा आयोजित १० औँ पर्वतीय महोत्सव–२०८२ मा सहभागिता जनाउनुभएको छ। कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मन्त्रीज्यूले पर्वतहरूले प्रदान गर्ने जैविक विविधता, स्वच्छ पानी, शुद्ध वायु तथा वातावरणीय सन्तुलनप्रति उच्च सम्मान व्यक्त गर्दै पर्वत दिवसको हार्दिक शुभकामना अर्पण गर्नुभयो। उहाँले पर्वतको अद्वितीय प्राकृतिक सौन्दर्य, चराचुरुङ्गी तथा वन्यजन्तुको संरक्षण, र समृद्ध जैविक प्रणालीले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा पुर्‍याउँदै आएको उल्लेखनीय योगदानलाई विशेष रूपमा औँल्याउनुभयो। साथै, पर्वतबाट प्राप्त पानी, खाद्यान्नका स्रोत, औषधीय वनस्पति तथा विविध प्राकृतिक सम्पदाले दिगो विकास, समृद्ध राष्ट्र निर्माण र सबल समाजको आधार सुदृढ गर्न निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै मन्त्रीज्यूले पर्वत संरक्षण, वातावरणीय सुरक्षा तथा दिगो पर्यटन प्रवर्द्धनप्रति सबैको साझा प्रतिबद्धता अझ मजबुत बनोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।

 

 

 

Download: अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा १०औँ पर्वतीय महोत्सव–२०८२मा वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलज्यूको सहभागिता