कार्बन उत्सर्जन र जैविक विविधतामा डढेलोको प्रभाव र न्यूनीकरण" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेलज्यूको प्रमुख आतिथ्यतामा "कार्बन उत्सर्जन र जैविक विविधतामा डढेलोको प्रभाव र न्यूनीकरण" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक रेडियो मर्स्याङ्दीले आफ्नो १९औं स्थापना दिवसको अवसरमा डिभिजन वन कार्यालय लमजुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) र ग्रामीण सामुदायिक विकास केन्द्र (RCDC) को सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले गण्डकी प्रदेश तथा मर्स्याङ्दी करिडोर जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउनुभयो। उहाँले चेतनाको अभावका कारण वन क्षेत्रमा डढेलो लाग्ने गरेको र यसले जैविक विविधतामा गम्भीर असर पारिरहेको हुँदा स्थानीय जनसमुदायलाई यसको प्रभावबारे जानकारी दिन अत्यावश्यक रहेको धारणा व्यक्त गर्नुभयो।मन्त्री पौडेलले डढेलो नियन्त्रणका लागि कडा कानुनी व्यवस्था भए तापनि सूचना प्रवाह र प्रमाण संकलनमा स्थानीयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले डिभिजन वन कार्यालय प्रमुखमार्फत सुरक्षा निकाय तथा विपद् व्यवस्थापन समितिलाई मन्त्रालयबाट पूर्वतयारीका लागि निर्देशन दिइसकिए पनि स्रोत, साधन र जनशक्तिको अभावका कारण कार्यान्वयनमा कठिनाइ भइरहेको स्पष्ट पार्नुभयो।
Download: कार्बन उत्सर्जन र जैविक विविधतामा डढेलोको प्रभाव र न्यूनीकरण" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न