गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्रीद्वारा डिभिजन वन कार्यालय नवलपुरको अनुगमन तथा सामुदायिक वनको साधारण सभामा सहभागिता



गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेलज्यूद्वारा डिभिजन वन कार्यालय नवलपुरको अनुगमन तथा सामुदायिक वनको साधारण सभामा सहभागिता जनाइएको छ।श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट–६, ७ र ९, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को आयोजनामा मिति २०८२ मंसिर २२ गते गैडाकोट–९, थुम्सीस्थित वातावरणमैत्री उद्यान क्षेत्रमा आयोजित १३औँ वार्षिक साधारण सभा गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेलज्यूको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मन्त्रीज्यूले सामुदायिक वन उपभोक्ता समूहहरूले स्थानीय नागरिकको आर्थिक उन्नयनमा महत्वपूर्ण टेवा पुर्‍याउँदै राज्यको समृद्धिमा समेत योगदान दिन सक्ने बताउनुभयो। उहाँले वन स्रोतको दिगो व्यवस्थापन वर्तमान समयको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै निजी वन, सामुदायिक वन तथा साझेदारी वनका स्रोतहरूको सदुपयोग र व्यवस्थित सञ्चालन सुनिश्चित गर्न आवश्यक ऐन, नियमावली तथा कार्यविधिहरूको निर्माण तथा परिमार्जन भइरहेको जानकारी दिनुभयो। साथै, संघीय कानुनमा आवश्यक संशोधनका विषयमा मन्त्रालयमार्फत संघ सरकारसमक्ष निरन्तर पहल भइरहेको धारणा समेत मन्त्रीज्यूले व्यक्त गर्नुभयो।

 

 

 

 

 

 

 

Download: गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्रीद्वारा डिभिजन वन कार्यालय नवलपुरको अनुगमन तथा सामुदायिक वनको साधारण सभामा सहभागिता