गण्डकी प्रदेशको जलवायु परिवर्तन रणनीति तथा कार्ययोजनाको मस्यौदा सम्बन्धी सुझाव संकलन कार्यक्रम सम्पन्न
आज मिति २०८१।११।११ गते गण्डकी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजना गरिएको "गण्डकी प्रदेशको जलवायु परिवर्तन रणनीति तथा कार्ययोजनाको मस्यौदा" सम्बन्धी राय, सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण चन्द्र देवकोटा, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, सम्बन्धित विषयका विशेषज्ञहरू तथा अन्य विज्ञहरुको सक्रिय सहभागिता रहेको थियो। उक्त कार्यक्रममा जलवायु परिवर्तन रणनीति तथा कार्ययोजनाको प्रारूप प्रस्तुति, सुझाव आदान-प्रदान तथा गहन छलफल भएको थियो। सहभागीहरूबाट प्राप्त बहुमूल्य राय तथा सुझावहरूलाई रणनीति तथा कार्ययोजनाको परिमार्जन र सुदृढीकरणका लागि समावेश गरिनेछ।