गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

गण्डकी प्रदेशमा दिगो वन व्यवस्थापन निर्देशिका, २०८१ को प्रस्तुति र सुझाव संकलन सम्पन्न



 

गण्डकी प्रदेशको वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन निर्देशिका, २०८१ को प्रस्तुति र सुझाव संकलन कार्यक्रम मिति २०८१।१२।०८ मा सम्पन्न भएको छ। यस कार्यक्रममा माननीय मन्त्रीज्यू, श्रीमान् प्रदेश सचिवज्यू, मन्त्रालय, निर्देशनालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, डिभिजनल वन अधिकृत र सम्बन्धित सरोकारवाला संस्था तथा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।यस अवसरमा दिगो वन व्यवस्थापन निर्देशिकाको प्रस्तुति गरिएको थियो भने विभिन्न सरोकारवालाहरूबाट प्राप्त सुझावहरू संकलन गरिएको छ। यस निर्देशिकाले गण्डकी प्रदेशमा वन संरक्षण, संवर्धन, र दिगो व्यवस्थापनका लागि आवश्यक दिशानिर्देशहरू प्रदान गर्दछ। यसले प्रदेशभरिका वन क्षेत्रहरूको संरक्षण र सदुपयोगमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

   

 

Download: गण्डकी प्रदेशमा दिगो वन व्यवस्थापन निर्देशिका, २०८१ को प्रस्तुति र सुझाव संकलन सम्पन्न