तेस्रो राष्ट्रिय निर्धारित योगदानको प्रस्तावित प्रतिवेदन र सगरमाथा सम्बाद सम्बन्धमा प्रादेशिक समिक्षा कार्यक्रम
गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेल ज्युको प्रमुख आतिथ्यतामा तेस्रो राष्ट्रिय निर्धारित योगदानको प्रस्तावित प्रतिवेदन र सगरमाथा सम्बाद सम्बन्धमा प्रादेशिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा प्रादेशिक जलवायुजन्य चुनौतीहरु र दिगो समाधान तथा स्थानीय अनुकुलनको आवश्यकता ,पेरिस सम्झौताको पुर्ण रुपमा कार्यान्वयन ,हरित ग्यास उत्सर्जन न्यूनीकरण ,स्वच्छ उर्जाको उत्पादन र खपत ,सिमसार क्षेत्रको संरक्षण ,सगरमाथा सम्वाद र अन्तर्राष्ट्रिय वित्तमा पहुँचको विषय ,हिमाली पारिस्थितिक प्रणाली र जलवायु परिवर्तनको असर ,विगतको राष्ट्रिय निर्धारित योगदान (NDC 3.0) को समिक्षा ,जलवायु अनुकुलनका रणनीतिहरु ,आदिवासी जनजातिका अधिकारहरु ,चुरेको संरक्षण ,विपद ब्यवस्थापन ,कार्वन ब्यापार र यसको नेपालमा सम्भावना ,जलाधारको संरक्षण ,जलवायु उत्थानशिल समाज निर्माणका प्रमुख ब्यवधानहरु र अवको बाटो जस्ता बिषयमा छलफल भयो।