मन्त्री पौडेल ज्युले म्याग्दीका वन कार्यालयहरूको अनुगमन गरी अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गर्नुभयो
गण्डकी प्रदेश सरकारका माननीय वन तथा वातावरण मन्त्री श्री भेष बहादुर पौडेल ज्युले आज म्याग्दी जिल्लाका विभिन्न वन तथा वातावरण सम्बन्धी कार्यालयहरूको अनुगमन गर्नुभएको छ। मन्त्री ज्युले गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालय अन्तर्गतको डिभिजन वन कार्यालय पर्वत, डिभिजन वन कार्यालय बागलुङ, र भूमि तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको निरीक्षण गरी कार्यप्रणालीको अवलोकन गर्नुभयो।यसै क्रममा, मन्त्री पौडेल ज्युको प्रमुख आतिथ्यमा म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) र चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा डिभिजन वन कार्यालय म्याग्दीमा अग्नि नियन्त्रण सामग्रीहरू हस्तान्तरण गरिएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य वन क्षेत्रमा लागि हुने आगलागी रोकथाम गर्ने तथा सुरक्षा निकायहरूलाई आवश्यक सामग्री उपलब्ध गराउने रहेको छ।मन्त्री पौडेलज्युले यस अवसरमा वन तथा वातावरण संरक्षणका लागि स्थानीय सुरक्षा निकायहरूसँग समन्वय बढाउने र आपत्कालीन परिस्थितिमा चाँडो प्रतिक्रिया दिने आवश्यकतामा जोड दिनुभयो। उहाँले वन क्षेत्रमा आगलागी नियन्त्रणका लागि सामग्रीहरूको उचित प्रयोग र यसको व्यवस्थापनमा ध्यान दिन पनि आग्रह गर्नुभयो।