गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

मन्त्री पौडेलको उपस्थितिमा पोखरामा विश्व वातावरण दिवसको विशेष कार्यक्रम सम्पन्न



 

गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलको मुख्य आतिथ्यमा पोखरा महानगरपालिका–१७ रातीखहरेस्थित श्री सिद्ध माविमा विश्व वातावरण दिवस २०८२ को विशेष कार्यक्रम सम्पन्न भएको छ। "प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व" भन्ने नाराका साथ डिभिजन वन कार्यालय, कास्की र नेपाल वन प्राविधिक संघ, गण्डकी प्रदेशको संयुक्त आयोजनामा भएको कार्यक्रममा मन्त्री पौडेलले वृक्षारोपण गर्दै विश्व वातावरण दिवसको शुभकामना व्यक्त गर्नुभयो। मन्त्री पौडेलले वातावरण मानव जीवनको अभिन्न अंग भएको उल्लेख गर्दै "प्रदूषण न्यूनीकरणका लागि हरेक व्यक्तिले आफ्नै दैनिकीबाट नै व्यवहारिक अभ्यास प्रारम्भ गर्नुपर्छ" भन्नुभयो। कार्यक्रमले वातावरणप्रति सचेतना जगाउन र प्लास्टिकजन्य प्रदूषण न्यूनीकरणका लागि सामूहिक प्रयासको आवश्यकतालाई उजागर गरेको छ।

 

    

 

Download: मन्त्री पौडेलको उपस्थितिमा पोखरामा विश्व वातावरण दिवसको विशेष कार्यक्रम सम्पन्न