गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

वन पैदावरबाट आत्मनिर्भरताको यात्रा: गोर्खामा हस्तकला तालिमको सफल आयोजना



 

गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेलज्यूको प्रमुख आतिथ्यमा डिभिजन वन कार्यालय, गोर्खाद्वारा पालुङटार नगरपालिका–६ मा सञ्चालित वन पैदावरमा आधारित हस्तकला निर्माण तालिम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले वन पैदावरबाट प्राप्त कच्चा पदार्थहरूको औद्योगिकरण, दैनिक प्रयोगका सामग्री उत्पादन र सौन्दर्यीकरणमा जोड दिँदै स्थानीय जनताको वनसँगको सम्बन्धलाई अझ बलियो बनाउने आवश्यकतामा जोड दिनुभयो। उहाँले दूरदराजका बासिन्दालाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू अझ विस्तार गर्नुपर्ने बताउनुभयो भने आत्मनिर्भर प्रदेश निर्माणका लागि समुन्नत समाजको विकासलाई प्राथमिकता दिने अपनाइएको नीति पनि स्पष्ट पार्नुभयो। यसै क्रममा मन्त्रीज्यूले डिभिजन वन कार्यालय गोर्खा र मातहतका कार्यालयहरूको अनुगमन गर्नुभएको छ भने विभिन्न उपभोक्ता समितिहरूसँग सामुदायिक वनको समस्या र समाधानका विषयमा छलफल पनि गर्नुभएको छ। यसरी प्रदेश सरकारले वनजन्य उत्पादनमा आधारित साना उद्यमहरू विकास गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र वन संरक्षणको साथै आर्थिक लाभ प्राप्त गर्ने द्वैध उद्देश्य राखेको देखिन्छ।

 

 

 

Download: वन पैदावरबाट आत्मनिर्भरताको यात्रा: गोर्खामा हस्तकला तालिमको सफल आयोजना