गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

आ.व. २०८०/०८१ को हालस्मको प्रगति समीक्षा तथा आ. व. २०८१/०८२ को योजना तर्जुमा गोष्ठी,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सभाहल,पोखरा



 

मिति २०८१।०2।१० र ११ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय (वन तथा वातावरणतर्फ) र यस अन्तरगतका निकायहरुको गत आ.व. २०८०/०८१ को हालसम्मको प्रगति समीक्षा तथा आ.व. २०८१/०८२ को योजना तर्जुमा गोष्ठी, अन्नपूर्ण संरक्षणक्षेत्र आयोजनाको सभाहल,पोखरामा सम्पन्न भएको छ।उक्त कार्यक्रम वन निर्देशनालयले आयोजना गरेको थियो।कार्यक्रम मुख्यमन्त्रि तथा मन्त्रीपरिषद् कार्यालयका पूर्व मा. मुख्यमन्त्रि खगराज अधिकारीको प्रमुख आथित्यमा संचालन भएको थियो।कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय,प्रदेश वन निर्देशनालय, ताल संरक्षण तथा विकास प्राधिकरण, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र,११ वटै डिभिजन वन कार्यालयहरु, भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु तनहुँ र पर्वत, USAID जल जंगल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो प्रस्तुतीकरण गर्नुभाको थियो।

 

 

 

Download: आ.व. २०८०/०८१ को हालस्मको प्रगति समीक्षा तथा आ. व. २०८१/०८२ को योजना तर्जुमा गोष्ठी,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सभाहल,पोखरा