गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८२/८३ को योजना तर्जुमा गोष्ठी



 

गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेलज्यूको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेश वन निर्देशनालय, पोखराद्वारा आयोजना गरिएको आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकसम्मको प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८२/८३ को योजना तर्जुमा गोष्ठीको उद्घाटन समारोह सम्पन्न भएको छ। उक्त अवसरमा मन्तव्य दिँदै मन्त्रीज्यूले दिगो वन व्यवस्थापनका कार्यविधिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वन क्षेत्रमा सुशासन प्रवर्द्धन गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले उपभोक्ता समूहहरूलाई उद्यमशीलता तथा आम्दानीसँग जोड्न, राजस्व संकलनमा वन मन्त्रालयको भूमिका अझ प्रभावशाली बनाउने, र बजेट निर्माण प्रक्रियामा आमूल परिवर्तन गरी सेवा प्रवाहसँग प्रत्यक्ष रूपमा जोडिने प्रणालीलाई अघि बढाउनुपर्ने कुरा उल्लेख गर्नुभयो। साथै, सालको वन व्यवस्थापन, अनुगमन, नियमन तथा सहजीकरणका लागि डिभिजन वन कार्यालय प्रमुखहरूलाई प्रदेश सरकारको प्रतिनिधित्व गर्दै जिम्मेवारी प्रदान गरिएको, र मन्त्रालयअन्तर्गत कार्यरत जनशक्तिको क्षमतालाई पूर्ण सदुपयोग गर्दै प्रदेश सरकारलाई महत्वपुर्ण योगदान पुर्याउन आफ्नो मन्त्रालय सक्षम रहेको उहाँले व्यक्त गर्नुभयो। साथै, उपयुक्त स्थानहरूमा उद्यानहरूको विकास गर्नुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो।

 

 

  

 

Download: आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८२/८३ को योजना तर्जुमा गोष्ठी