आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न
गण्डकी प्रदेश वन निर्देशनालयको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक तथा हालसम्मको प्रगति समीक्षा गोष्ठी गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेषबहादुर पौडेलज्यूको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको छ।उक्त गोष्ठीलाई सम्बोधन गर्दै माननीय मन्त्रीज्यूले गण्डकी प्रदेशमा अवस्थित वन क्षेत्रको अधिकतम सदुपयोग गर्दै राजस्व अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। साथै, नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने किसिमले सेवा प्रवाहलाई प्रभावकारी, सरल र परिणाममुखी बनाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो।मन्त्रीज्यूले समयानुकूल ‘जेनेरेशन–जेड’ अर्थात् नयाँ पुस्ताको सोच, अपेक्षा र खोजअनुसार सेवा तथा कार्यक्रमहरू सञ्चालन गर्न सकेमा राष्ट्र निर्माणमा सबै पक्ष एकजुट भई उल्लेखनीय योगदान दिन सकिने स्पष्ट गर्नुभयो।नागरिकस्तरबाटै योगदानको कदर हुने वातावरण स्वतः सिर्जना गर्न सकिएमा सरकार स्वभावतः नागरिकमैत्री बन्ने उल्लेख गर्दै उहाँले स्पष्ट मार्गनिर्देशनका आधारमा जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्दै अघि बढ्न सबैलाई आग्रह गर्नुभयो।



Download: आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न
