गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

आर्थिक वर्ष ०८१/०८२ को दोस्रो त्रैमासिक तथा हालसम्मको प्रगति समीक्षाको गोष्ठी गण्डकी प्रदेश सरकार अन्तर्गतको वन निर्देशनालय, पोखरा-०१, बगर



 

 

 

आर्थिक वर्ष ०८१/०८२ को दोस्रो त्रैमासिक तथा हालसम्मको प्रगति समीक्षाको गोष्ठी गण्डकी प्रदेश सरकार अन्तर्गतको वन निर्देशनालय, पोखरा-०१, बगरमा माननीय वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलज्यूको प्रमुख आतिथ्यतामा सुरु भएको छ। उक्त कार्यक्रममा मन्तव्य राख्दै मन्त्रीज्यूले हालका जङ्गलहरूको उचित उपयोग गर्दै स्थानीयको आम्दानीसँग जोडिन सक्नेगरी बिरुवा उत्पादन र वितरण गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो। साथै, जडीबुटी खेतीका लागि प्रदेशभर सम्भाव्यता अध्ययन गर्न निर्देशन दिनुभएको छ। उहाँले वन मन्त्रालय र यसअन्तर्गतका निकायहरू सेवा प्रदान गर्ने संस्था भएकाले जनस्तरसम्म प्रभावकारी रूपमा सेवा पुर्याउन, समुदाय लाभान्वित हुने योजनालाई प्राथमिकतामा राख्न, र दीर्घकालीन फाइदाका लागि जोखिम मोल्न तयार रहेको बताउनुभयो। मन्त्रीज्यूले काम नगर्ने कसैलाई छुट नहुने र सुधारिएको ढंगले काम गर्न र गराउन आवश्यक रहेको स्मरण गराउँदै, आगलागी नियन्त्रणमा समर्पित भई समयमै तयारी गर्न र गराउन, साथै राजस्व सङ्कलन, चालु तथा पुँजीगत खर्च समग्र विकासको मूल्याङ्कन गर्ने मुख्य आधार भएकाले यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो।

 

 

 

 

Download: आर्थिक वर्ष ०८१/०८२ को दोस्रो त्रैमासिक तथा हालसम्मको प्रगति समीक्षाको गोष्ठी गण्डकी प्रदेश सरकार अन्तर्गतको वन निर्देशनालय, पोखरा-०१, बगर