गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

निर्देशनालयद्धारा आ व २०८२/०८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा



गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन निर्देशनालय, पोखराद्वारा आयोजित आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारका माननीय वन तथा वातावरण मन्त्री नम्डु गुरुङ ज्युको प्रमुख आतिथ्यता तथा प्रदेश नीति तथा योजना आयोग, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र आर्थिक मामिला मन्त्रालयका प्रतिनिधिहरूको विशिष्ट आतिथ्यतामा आयोजित दुई दिने गोष्ठीमा वन निर्देशनालयका महाशाखा प्रमुखहरू, डिभिजन वन अधिकृतहरू, वरिष्ठ जलाधार व्यवस्थापन अधिकृतहरूका साथै ACAP, MCAP, JICA (CASFoM) लगायतका आयोजना तथा संरक्षण क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गोष्ठीलाई सम्बोधन गर्दै माननीय मन्त्री ज्यूले हालसम्मको प्रगतिको सूक्ष्म समीक्षा गर्दै विद्यमान समस्या समाधानका लागि सामूहिक प्रयास गर्न, सबै कार्यालयहरूबीच निरन्तर समन्वय र सूचना आदानप्रदान कायम राख्दै आगामी दिनमा कार्यसम्पादन थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिनुभयो। उक्त गोष्ठीमा जिल्लागत डिभिजन वन कार्यालयहरू, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, वृहत् जलाधार केन्द्र, ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण तथा मनास्लु संरक्षण क्षेत्र आयोजना र भानुभक्त प्राणी उद्यान लगायतका निकायहरूले आ-आफ्नो प्रगति विवरण प्रस्तुत गर्नुका साथै आगामी कार्यदिशाबारे गहन छलफल गरेका थिए।

   

 

 

 

 

 

 

 

 

 

 

 

 

Download: निर्देशनालयद्धारा आ व २०८२/०८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा