गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रीद्धारा तनहुँमा स्थलगत अनुगमन
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेलले तनहुँ डिभिजन वन कार्यालय र भू तथा जलाधार कार्यालयको व्यापक निरीक्षण गर्नुभएको छ। मन्त्री पौडेलले कार्यालयहरूको वित्तीय र भौतिक प्रगतिको विस्तृत जानकारी लिँदै सर्वसाधारणको लागि कामकाज सहज गर्न आवश्यक निर्देशन प्रदान गर्नुभयो। निरीक्षण क्रममा उहाँले गण्डकी प्रदेशभित्रका वन क्षेत्रको कच्चा पदार्थमा आधारित उत्पादन गर्ने बेदब्यास मल्टिप्रपोज उड एण्ड काष्ठ उद्योगको समेत अवलोकन गर्नुभयो। यस भ्रमणले स्थानीय वन र जलाधार व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
Download: गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रीद्धारा तनहुँमा स्थलगत अनुगमन