गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

लमजुङ र मनाङ जिल्लाको स्थलगत अनुगमन तथा नीतिगत अन्तरक्रिया



यहि असोज २१ देखि २७ गतेसम्म यस मन्त्रालयका माननीय मन्त्री दिपेन्द्र बहादुर थपा, सचिव विशाल घिमिरे, मन्त्रालयका महाशाखा प्रमुख घनेन्द्र ब. खनाल, वन निर्देशनालय गण्डकी प्रदेशका निर्देशक श्री रामकाजी श्रेष्ठ, डिभिजन वन कार्यालय, कास्कीका डिभिजनल वन अधिकृत पूर्णेश्वर सुवेदी, भू तथा जलाधार व्यवस्थापन कार्यालय, तनहुँका वरिष्ठ जालाधार अधिकृत ईन्द्र प्रसाद अधिकारी, राष्ट्रिय प्रकृतिसंरक्षण कोष (अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना), पोखराका प्रमुख डा. रविन कडोरिया र यूएसएआइडि जलजंगल परियोजनाका प्रतिनिधिहरुले लमजुङ र मनाङ जिल्लामा डिभिजन वन कार्यालय, भु तथा जलाधार ब्यवस्थापन कार्यालय, पर्यटन तथा उधोग कार्यालयबाट सम्पन्न भएका कृयाकलापहरुको स्थलगत अनुगमन गर्नुभयो। सो क्रममा माननीय मन्त्रीज्यूबाट कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरुसँग वन, भू-संरक्षण, जैविक विविधता संरक्षण, वन व्यवस्थापन, पर्यापर्यटन/होमस्टे, स्थानिय उद्योग, जलवायु परिवर्तन र त्यसले सो क्षेत्रमा पारेका प्रभावहरु समेतको बारेमा स्थलगत अन्र्तक्रिया, छलफल र अनुगमन गरि कृयाकलापहरुलाई थप उपलब्धिजनक एवम सेवामुलक गराउन छलफल गरि निर्देशन दिनुभएको थियो। आगामी दिनमा जलवायु अनुकुलन एवं समुदायको उत्त्थानशील क्षमता अभिवृद्धि गरी बढ्दै गएको जलवायु संकट, खाद्य असुरक्षा, महामारीलाई सम्वोधन गर्नेगरी नीति तथा कार्यक्रम निर्माण गरी हिमालय क्षेत्रमा जलवायु उत्थानशील विकासका लागि कार्य गर्नुपर्ने मार्ग निर्देशन दिनुभएको थियो।

  

  

  

हि

Download: लमजुङ र मनाङ जिल्लाको स्थलगत अनुगमन तथा नीतिगत अन्तरक्रिया