माननीय मन्त्री भेष बहादुर पौडेलज्यूबाट पचभैया प्राणी उद्यान तथा वन्यजन्तु उद्दार केन्द्रको अवलोकन
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री भेष बहादुर पौडेल ज्युबाट गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको पचभैया प्राणी उद्यान तथा वन्यजन्तु उद्दार केन्द्रको अवलोकन गर्नुभएको छ । उक्त भ्रमणमा योजना आयोगका उपाध्यक्ष डा.कृष्ण चन्द्र देवकोटा,वन निर्देशनालयका प्रमुख ,जिल्ला वन कार्यालय प्रमुख लगायत सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। उक्त अवलोकन पश्चात् वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेल ज्युले सो केन्द्रलाई Forest tourism with wildlife nature, zoo, wildlife animal hospital लाई प्रवर्द्धन गर्ने जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रुपमा बिस्तार गर्दै स्थानीयको आम्दानीको स्रोत बनाउन सकिने भएकाले उक्त केन्द्रलाई ब्यवस्थित बनाउन सरोकारवाला सम्पुर्ण एक भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

.jpg)



Download: माननीय मन्त्री भेष बहादुर पौडेलज्यूबाट पचभैया प्राणी उद्यान तथा वन्यजन्तु उद्दार केन्द्रको अवलोकन
