गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

माननीय मन्त्री भेष बहादुर पौडेलज्यूद्धारा लमजुङ जिल्लामा जडीबुटी बिरुवा उत्पादन तथा बिस्तार कार्यक्रम सम्पन्न



 

लमजुङको मस्र्याङ्दी गाउँपालिकामा डिभिजन वन कार्यालयद्वारा आयोजित जडीबुटी बिरुवा उत्पादन तथा खेती विस्तार कार्यक्रम गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।कार्यक्रममा मन्त्री पौडेलले स्थानीय कृषकहरूलाई १३ हजार सतुवा बिरुवा वितरण गर्नुका साथै सतुवा खेती सुरुङमार्गको निरीक्षण गरे। हाल मस्र्याङ्दी गाउँपालिकाको छिन्खोला, लुडी र च्याम्चेमा सतुवा खेती गरिँदै आएको छ।मन्त्री पौडेलले स्थानीय उत्पादन र रोजगारी प्रवर्द्धनका लागि लमजुङका विभिन्न क्षेत्रमा सतुवा खेतीको विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

  

 

 

 

 

 

 

 

 

Download: माननीय मन्त्री भेष बहादुर पौडेलज्यूद्धारा लमजुङ जिल्लामा जडीबुटी बिरुवा उत्पादन तथा बिस्तार कार्यक्रम सम्पन्न