माननीय मन्त्री दिपेन्द्र बहादुर थापा ज्यू लगायतवाट मुस्ताङ जिल्लाको स्थलगत अनुगमन
माननीय उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री दिपेन्द्र बहादुर थापा ज्यू, गण्डकी प्रदेशका सांसद माननीय विकल शेरचन र नम्डु गुरूङ ,स्थानीय जनप्रतिनिधिहरु, सरोकारवाला कार्यालयका प्रमुखहरू, डिभिजन वन कार्यालय मुस्ताङ र वाग्लुङका कार्यालय प्रमुखहरु, भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख, उद्योग तथा पर्यटन कार्यालयका प्रमुख, स्थानीय पर्यटन व्यवसायी र स्थानीय वासीहरुको सहभागितामा मुस्ताङ जिल्लाका उद्योग, पर्यटन, वन र वातावरण, भू-तथा जलाधार, पहिरो रोकथाम, तटबन्धन सम्बन्धीका योजनाहरूको कार्यन्वयन, आगमी योजनाहरू र पर्यटन प्रर्वधनमा परेका समस्याहरूको बारेमा छलपल गर्नुभयो।साथै मुस्ताङ जिल्लाको धार्मिक तथा पर्यटकीय स्थानहरूको स्थलगत अनुगमन,स्थानीय जनप्रतिनिधीहरू,आमा समुह, होमस्टे संचालक, पर्यटक व्यवसायीहरू लगायतका सरोकारवालाहरुसंग छलफल गर्नुभएको थियो।कागवेनीमा वाढीपहिरोवाट भएको क्षतिको पुनरुत्थान र मुस्ताङ जिल्लाको दिगो र दिर्घकालीन विकास गर्न आफ्ना मन्त्रालय अन्तर्गतका कार्यालयहरूको निरिक्षण, कार्यप्रगति र आगामि कार्यक्रमहरूको कार्यन्वयन गर्नको लागि आगमि बर्षका लागि गर्न सकिने योजनाहरूको बारेमा छलफल गर्दै जिल्लाका मुख्य मुख्य स्थानहरूको स्थलगत अध्ययन र अवलोकन गरी महत्वपूर्ण सुझाव तथा निर्देशन दिनुभएको थियो। तस्विरहरु संलग्न छन्।
Download: माननीय मन्त्री दिपेन्द्र बहादुर थापा ज्यू लगायतवाट मुस्ताङ जिल्लाको स्थलगत अनुगमन