गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आ.व. २०८१।०८२ को वार्षिक प्रगति समिक्षा गोष्ठी



 

मिति २०८१।०4।१० र ११ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय (वन तथा वातावरणतर्फ) को  मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा यस अन्तरगतका निकायहरुको गत आ.व. २०८१/०८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी, अन्नपूर्ण संरक्षणक्षेत्र आयोजनाको सभाहल, पोखरामा सम्पन्न भएको छ।मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक यस समितिका अध्यक्ष साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका  मा. मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेज्यूको अध्यक्षतामा संपन्न भएको थियो र अन्य सदस्यमा प्रदेश निति तथा योजना आयोगका मा. उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यकालयका प्रमुख सचिव श्री लक्ष्मीकुमारी बस्नेत, आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव श्री पुरुषोतम शर्मा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका (पर्यटन उद्योग तर्फ) प्रदेश सचिव श्री कुमान सिंह गुरुङ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका (वन तथा वातावरण तर्फ) प्रदेश सचिव डा. रामचन्द्र कंडेल, वन निर्देशनालयका प्रमुख श्री रामकाजी श्रेष्ठ  र मन्त्रालयका महाशाखा प्रमुखहरुको विशेष उपस्थिति रहेको थियो।कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय,प्रदेश वन निर्देशनालय, ताल संरक्षण तथा विकास प्राधिकरण, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र,११ वटै डिभिजन वन कार्यालयहरु, भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु तनहुँ र पर्वत, USAID जल जंगल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो।

  

  

  

Download: मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आ.व. २०८१।०८२ को वार्षिक प्रगति समिक्षा गोष्ठी