पहिरो प्रभावित बेसिशहर क्षेत्रको मन्त्रीस्तरीय अवलोकन
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेलले बेसिशहर नगरपालिका वडा नं. १० स्थित बाझाखेत कान्लेको पहिरो प्रभावित क्षेत्रको आज स्थलगत अवलोकन गर्नुभयो। २०८१ सालको वर्षाका कारण उक्त क्षेत्रमा गएको पहिरोले ४५ घरधुरी जोखिममा परेका छन्।अवलोकनका क्रममा भू तथा जलाधार व्यवस्थापन कार्यालय दमौलीका कार्यालय प्रमुख, स्थानीय नेता, कार्यकर्ता तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। मन्त्री पौडेलले पहिरो नियन्त्रणका लागि तत्काल कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।



Download: पहिरो प्रभावित बेसिशहर क्षेत्रको मन्त्रीस्तरीय अवलोकन
