उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश र रिकोफट नेपालको सहकार्यमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न
मिति २०८१।०२।१४ गते सोमबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश र रिकोफट नेपाल (https://www.recoftc.org/en/nepal) को सहकार्यमा मन्त्रालयका सचिव डा. रामचन्द्र कंडेल अध्यक्षता, नेपाल सरकारका पूर्व सचिव एवं वनविज्ञ डा. स्वयमभूमान अमात्यको विशिष्ट आतिथ्यतामा "गण्डकी प्रदेशको वन क्षेत्र रणनीतिक योजना निर्माण विषयक एक दिने कार्यशाला गोष्ठी टीका रिसोर्ट, लेकसाईड, पोखरामा सम्पन्न भएको छ । यस कार्यशालामा प्रदेश वन निर्देशनालय, पोखरा; वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, पोखरा; ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकी प्रदेश; डिभिजन वन कार्यालय कास्की; वन विज्ञान अध्ययन संस्थान, पोखरा; वृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकी; USAID जलजगंल परियोजना, पोखराका प्रमुख; सामुदायिक वन उपभोक्ता महासंघ, कास्की का अध्यक्ष; पन्चासे वन संरक्षण क्षेत्र कार्यालयका प्रमुख तथा प्रतिनिधिज्यूहरु लगायत मन्त्रालयका कर्मचारीहरु सहभागी हुनु भएको थियो । कार्यशालामा स्वागत मन्तव्य मन्त्रालयका वरिष्ठ वन अधिकृत पूर्णेश्वर सुवेदीले गर्नु भएको थियो भने संचालन रिकोफट, नेपालका प्रतिनिधि निरज बाबु भट्टले गर्नुभएको थियो ।