गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश र USAID (जलजंगल) को सहकार्यमा एकदिने कार्यशाला वैठक सम्पन्न



मिति २०८०।०६।११ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश र  USAID (जलजंगल) को सहकार्यमा मन्त्रालयको नीतिगत दस्तावेज, बजेट कार्यक्रम तथा आगामी योजनाको कार्यदिशा बारेमा हिमालयन देउराली रिसोर्ट, नौडाडाँ, कास्कीमा समुहगत कार्याशाला बैठक सम्पन्न भएको छ ।

 

यस कार्यशालामा मन्त्रालय र USAID जलजंगलका कर्मचारीहरु सहभागी हुनु भएको थियो । कार्यशालाको अध्यक्षता एवं उद्धघाटन  गर्दै मन्त्रालयका सचिव विशाल घिमिरेले कार्यक्रमको उद्देश्य प्रष्ट पार्नु भयो । महाशाखा प्रमुख घनेन्द्र खनाल क्षेत्रीले मन्त्रालयको नीति तथा कार्यक्रमको प्रस्तुतीकरण गर्नु भएको थियो भने USAID Biodiversity कार्यक्रमका संयोजक मान बहादुर बि.क.ले जल जंगलले संचालन गर्ने सम्पुर्ण कार्यक्रम बारेमा जानकारी प्रदान गर्नुभयो । त्यस्तै महाशाखा प्रमुख केदार बराल र वन अधिकृत सरोज पन्थीले संयुक्त रुपमा मन्त्रालयको चालु आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गर्दै सबै सहभागीहरुमाझ छलफल तथा अन्तरक्रिया समेत भएको थियो । साथै गण्डकी प्रदेशको लागि तर्जुमा हुन गैरहेको दोस्रो पञ्चवर्षीय योजनामा, दिगो वन व्यवस्थापन एवं उत्पादन र उत्पादकत्व अभिवृद्धी, जलाधार व्यवस्थापन, जैविक विविधता संरक्षण, जलवायु परिवर्तन, वातावरण व्यवस्थापन, जलवायुजन्य जोखिम व्यवस्थापन, संस्थागत क्षमता र उपयुक्त कार्य वातावरण सम्बन्धी मन्त्रालयगत विषयवस्तु बारे तयारी तथा छलफल गरिएको थियो । कार्यशाला बैठकको अन्त्यमा सचिव घिमिरेले वन, वातावरण, वन्यजन्तु, जैविक विविधता, जलाधार, जडिबुटी तथा जलबायु परिवर्तनको व्यवस्थापनमा मन्त्रालयको उद्देश्य प्राप्त हुने गरी कार्यक्रमहरु तर्जुमा गर्न  USAID जल जंगलसंग सहकार्यको सुरुवात भएको भन्दै सबै सहभागीलाई धन्यवाद सहित कार्यशाला समापन गर्नु भएको थियो । मन्त्रालयका  महाशाखा प्रमुखहरु, शाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरु समेत सहभागी रहनुभएको सो कार्यक्रमको संचालन मन्त्रालयका वरिष्ठ वन अधिकृत पूर्णेश्वर सुवेदीले गर्नु भएको थियो भने टिप्पणी लेखन वन अधिकृत राजेश पौडेले गर्नु भएको थियो ।

 

               

 

              

 

Download: उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश र USAID (जलजंगल) को सहकार्यमा एकदिने कार्यशाला वैठक सम्पन्न