गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

वन तथा वातावरण मन्त्रालय,गण्डकी प्रदेश र UNDP नेपालको सहकार्यमा जलवायु परिवर्तन रणनीति तथा कार्ययोजना मस्यौदा परिमार्जन सम्बन्धी परामर्श गोष्ठी



 

मिति २०८१ कात्तिक १४ गते बुधबार पोखराको लेकसाइडस्थित होटल लेन्डमार्कमा एक महत्वपूर्ण कार्यक्रम सम्पन्न भयो। गण्डकी प्रदेशको जलवायु परिवर्तन रणनीति तथा कार्ययोजनाको मस्यौदा परिमार्जन सम्बन्धी यो एक दिने परामर्श गोष्ठी वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो।कार्यक्रमको अध्यक्षता मन्त्रालयका सचिव जीवनाथ पौडेलले गर्नुभएको थियो भने माननीय वन मन्त्री भेष बहादुर पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।गोष्ठीमा गण्डकी प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, कृषि विकास निर्देशनालय पोखरा, प्रदेश वन निर्देशनालय पोखरा, डिभिजन वन कार्यालय कास्की, वन विज्ञान अध्ययन संस्थान पोखरा, वृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकी, USAID जलजंगल परियोजना पोखरा, सामुदायिक वन उपभोक्ता महासंघ कास्की, हिमवन्ती नेपाल कास्की, LIBIRD पोखरा, पञ्चासे वन संरक्षण क्षेत्र कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू र मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मन्त्रालयका वरिष्ठ वन अधिकृत पूर्णेश्वर सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन वातावरण निरीक्षक गीता पाठकले गर्नुभएको थियो। यो गोष्ठी जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्न गण्डकी प्रदेशको रणनीति तथा कार्ययोजना तयार गर्ने दिशामा एक महत्वपूर्ण कदम हो। यसले विभिन्न सरोकारवालाहरूबीच समन्वय र सहकार्य बढाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

 

 

  

 

Download: वन तथा वातावरण मन्त्रालय,गण्डकी प्रदेश र UNDP नेपालको सहकार्यमा जलवायु परिवर्तन रणनीति तथा कार्ययोजना मस्यौदा परिमार्जन सम्बन्धी परामर्श गोष्ठी