गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

वातावरण तथा जलवायु परिवर्तन शाखा


मुख्य कार्यहरू
  1. वातावरणीय संरक्षण तथा स्वच्छता सम्बन्धी प्रविधि विकास र व्यवस्थापन गर्ने
  2. वातावरणीय जोखिमका लागि तयारी तथा उद्धार र वातावरणीय सुचना प्रणालीको स्थापना गर्ने गराउने
  3. ठोस, वायु, तरल, जल, ध्वनी तथा विद्युतीय लगायत प्रदुषणको मापदण्ड निर्धारण, कार्यान्वयन, अनुगमन तथा नियन्त्रण गर्ने गराउने
  4. वातावरणीय संरक्षण क्षेत्र तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रबर्धन गर्ने गराउने
  5. वातावरण संरक्षण तथा व्यवस्थापनको क्षेत्रमा संघीय सरकार र स्थानिय तहहरु बिच समन्वयात्मक भूमिका निर्वाह गर्ने,
  6. वातावरण संरक्षण तथा व्यवस्थापन सम्वन्धमा प्रचारप्रसार, जनचेतना अभिबृद्धि एवं जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्ने गराउने तथा कार्यक्रम संचालनको लागि सरोकारवालाहरुसँग आवश्यक समन्वय गर्ने एवं स्वच्छ वातावरण प्रवर्द्धनका कार्यहरु गर्ने गराउने,
  7. वातावरण सम्वन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा आवश्यक सहयोग उपलब्ध गर्ने, गराउने,
  8. सरकारी तथा गैरसरकारी संस्थाहरुद्वारा कार्यान्वयन गरिएका वातावरण एवं जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम कार्यान्वयनमा आवश्यक प्राविधिक सहयोग तथा सहजीकरण गरी नियमित तथा आवधिक मूल्यांकन तथा समीक्षा गर्ने गराउने,
  9. वातावरणीय मापदण्ड परिक्षण एवं प्रयोगशाला व्यवस्थापन सम्बन्धी कार्यमा आवश्यक सहयोग गर्ने गराउने,
  10. वातावरणीय प्रदुषण नियन्त्रण र अनुगमन सम्बन्धी कार्यमा आवश्यक सहयोग गर्ने गराउने,
  11. आयोजना कार्यान्वयनबाट सम्वन्धित क्षेत्रमा पर्न सक्ने प्रभावहरुको अध्ययन कार्यमा आवश्यक सहयोग गरी सो आयोजना कार्यान्वयनबाट सम्वन्धित क्षेत्रमा परेको प्रभावको सम्वन्धमा अनुकुलन र  समानुकलन (Adaptation & Resilience) योजनाहरु निर्माण गर्न सहयोग गरी सोको कार्यान्वयन गर्ने, गराउने,
  12. सम्वन्धीत निकायवाट वातावरणको विषयमा कुनै निर्देशन, आदेश जारी भएको भएमा सो को पालना भए नभएको अध्ययन गर्ने,
  13. वातावरण सम्वन्धमा गुनासो व्यवस्थापन गर्ने गराउने
  14. वातावरण संरक्षण सम्बन्धी अध्ययन, अनुसन्धान, प्रकाशन तथा प्रवर्द्धनको कार्य गर्ने, एवं आवधिक मुल्यांकन तथा समीक्षा सम्वन्धी कार्य गर्ने,
  15. प्राकृतिक श्रोत तथा वन क्षेत्रमा पर्ने असरहरुको मूल्याङ्कन सम्बन्धी कार्य गर्ने, गराउने,
  16. वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनको अध्ययन, स्वीकृति एवं सम्बन्धित कार्य गर्ने, वातावरणीय अनुगमन तथा परीक्षणका लागि आवश्यक व्यवस्था गर्ने, गराउने,
  17. स्वीकृत प्रतिवेदन अनुसार आयोजनाहरुको अनुगमन, मूल्याङ्कन गर्ने तथा शर्तहरुको पालना सुनिश्चित गर्ने सम्बन्धी कार्य गर्ने,
  18. वातावरणीय मापदण्ड पालना गराउने कार्यमा वातावरणीय निरीक्षकलाई परिचालन गर्ने, गराउने सम्बन्धी आवश्यक कार्य गर्ने,
  19. प्राकृतिक श्रोतमा पर्ने असरहरुको यथेष्ठ मुल्याङ्कन गर्ने, गराउने वा सो सम्बन्धी प्राविधिक राय उपलब्ध,
  20. वातावरण संरक्षण तथा प्रवर्द्धन एवं व्यवस्थापनको लागि वातावरणीय शासन (Environmental Governance) को अवधारण अनुरुप प्राकिृतिक श्रोत एवं साधनको बुद्धिमतापूर्ण प्रयोग गर्नेगरी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने,
  21. वातावरण क्षेत्रमा देखा परेका वा पर्ने समस्याहरु सर्वसाधारणमा पुर्‍याउने र वातावरणीय संरक्षण तथा प्रवर्द्धनका लागि जनचेतना जगाउन आवश्यक कार्यक्रमको तर्जुमा सम्बन्धी कार्य गर्ने,
  22. वातावरणीय सूचना प्रवाहका लागि आम संचार माध्यमहरुको उपयोग गरी प्रचार प्रसार गर्न आवश्यक कार्यहरु गर्ने,
  23. वातावरण संरक्षणका लागि व्यापक जनसहभागिता जुटाउने तथा Green Consumerism लाई प्रवर्द्धन गर्न आवश्यक कार्य गर्ने,
  24. राष्ट्रिय नीति अनुरूप कार्वन व्यापार सम्बन्धी कार्यहरुको प्रबर्द्धन, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन लगायतका कार्यहरु गर्ने, गराउने,
  25. राष्ट्रिय नीति अनुरूप रेड सम्वन्धी कार्यक्रमहरूको तर्जुमा एवं कार्यान्वयन गर्ने गराउने,
  26. प्रदेशस्तरमा न्यून र्काबनमूखी तथा वातावरण मैत्री विकास र हरित क्षेत्र प्रवर्द्वन गर्ने गराउने,
  27. प्रादेशिक Forest Carbon Stock  सम्वन्धी अध्ययन अनुसन्धान गर्ने गराउने,
  28. जलवायू परिवर्तन र स्रोत व्यवस्थापन सम्वन्धी कार्य गर्ने ।
  29. जलवायु परिवर्तन र अनुकूलन सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन गर्ने गराउने,
  30. जलवायु परिवर्तनबाट हुन सक्ने प्रभावलाई न्यून गर्न, गराउन अन्य कार्यहरु गर्ने, गराउने,
  31. जलवायु परिवर्तन सम्बन्धमा गोष्ठी, कार्यशाला तथा तालिमको आयोजना गर्ने, गराउने,
  32. राष्ट्रिय नीति अनुरूप कार्वन व्यापार सम्बन्धी कार्यहरुको प्रबर्द्धन, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन लगायतका कार्यहरु गर्ने,
  33. प्रदेशस्तरमा न्यून र्काबनमूखी तथा वातावरण मैत्री विकास र हरित क्षेत्र प्रवर्द्वन गर्ने गराउने
कर्मचारीहरु