गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

जलवायु परिवर्तन तथा जलाधार व्यवस्थापन महाशाखा


मुख्य कार्यहरू
  1. जलाधार, जलवायु परिवर्तन र अनुकूलन सम्वन्धी नीति, कानून, मापदण्ड कार्यविधि तयार गर्ने,
  2. जलाधार, जलवायु परिवर्तन र अनुकूलन सम्बन्धी बजेट र कार्यक्रम तयार गर्न सहयोग गर्ने,
  3. जलाधार सूचना प्रणालीको विकास गर्ने,
  4. सिमसार तथा ताल तलैया क्षेत्रहरुको संरक्षण, व्यवस्थापन सम्बन्धी कार्य गर्ने गराउने,
  5. राष्ट्रिय एवं प्रादेशिक महत्वका संम्वेदनशील र जोखिमपूर्ण अवस्थाका जलाधार क्षेत्रहरुको पहिचान गर्ने,
  6. जलाधार संरक्षण र व्यवस्थापन योजना लगायत पहिरो, भूक्षय, प्राकृतिक प्रकोप पहिचान प्रकृया सम्बन्धी प्राविधिक निर्देशिकाहरु, खाकाहरुको विकास गर्ने,
  7. जलाधार व्यवस्थापन कार्यहरुलाई आवश्यक पर्ने कार्यक्रमहरुको तर्जुमा गर्ने,
  8. भू तथा जलाधार संरक्षण सम्बन्धी ऐन नियमहरु निर्माण तथा आवश्यक संशोधन गर्न कारवाही चलाउने,
  9. प्राकृतिक स्रोत व्यवस्थापन गर्ने निकायहरुवीच प्रदेश स्तर एवं स्थानिय तहमा समन्वय गर्ने आधारशिलाहरु विकास गर्ने,
  10. जलाधार व्यवस्थापन कार्यहरुको लक्ष्य, उद्देश्य र अपेक्षित प्रतिफल अनुरुप भए नभएको हेर्न समय सापेक्ष अनुगमन मूल्याकंन प्रणालीको विकास गर्ने, परिमार्जन गर्ने र सो अनुरुप अनुगमन मूल्याकंन गरी कार्यक्रमहरु सुधार गर्ने तर्फ पृष्ठपोषण गर्ने
  11. नदी प्रणालीमा आधारित वृहत जलाधार संरक्षण योजना तर्जुमा तथा कार्यान्वयनका लागि नीतिगत सहजीकरण गर्नु गराउनुको साथै भू-संरक्षण तथा जलाधार व्यवस्थापन सम्बन्धी आयोजनाहरुको कार्यक्रम गर्न समन्वय तथा सहजीकरण गर्ने, गराउने,
  12. बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप न्यूनीकरण सम्वन्धी आवश्यक रणनीतिक योजनाहरुको अवधारणा बनाई प्रदेश तहसँग समेत आवश्यक सहकार्य र समन्वयको वातावरण सिर्जना गर्ने,
  13. कार्वन व्यापार सम्बन्धमा अध्ययन अनुसन्धान लगायत प्राविधिक कार्यहरु गर्ने, गराउने
  14. वातावरणीय सेवाहरु (Environmental Services) को सन्दर्भमा अध्ययन अनुसन्धानका कार्यक्रमहरु संचालन/कार्यान्वयन तथा उपर्युक्त Payment for Environmental Service को पहिचान गरी सोको कार्यान्वयन समेत गर्ने, गराउने,
  15. वातावरणीय अध्ययनको लागि आवश्यक पर्ने विज्ञहरुको रोष्टर अध्यावधिक गर्ने, गराउने,
  16. नियमित रुपमा वातावरणीय अध्ययन प्रतिवेदन मुल्यांकन तथा सिफारिस समितिको बैठक संचालन गर्ने,
  17. प्राप्त वातावरणीय अध्ययन प्रतिवेदन र सो साथ प्राप्त फायलको आवश्यक अध्ययन गरी सम्पूर्ण प्रकृयाहरु पुरा गरी स्वीकृतीको लागि पेश गर्ने,
  18. वातावरणीय अध्ययन प्रतिवेदनको कार्यान्वयनको स्थितिको वारेमा Baseline Monitoring बमोजिम नियमित रुपमा Compliance  and Impacts Monitoring को साथसाथै परीक्षण (अडिटिङ्ग) गर्ने, गराउने,
  19. प्रदेशको समष्टिगत वातावरणीय स्थिति सम्बन्धी प्रतिवेदन तयार गर्ने गराउने ।
  20. जलवायु परिवर्तन सम्बन्धी नीतिगत अध्ययन अनुसन्धान गर्ने,
  21. जलवायु परिवर्तन सम्बन्धी वार्ताको लागि आवश्यक प्रादेशिक कार्यपत्रहरु तयार गर्ने, गराउने,
  22. जलवायु परिवर्तन सम्बन्धमा गोष्ठी, कार्यशाला तथा तालिमको आयोजना गर्ने,
  23. जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमहरुको संयोजन गर्ने,
  24. जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयनको लागि दात्रृ निकायहरुबाट प्राविधिक एवं आर्थिक सहयोग जुटाउन प्राविधिक प्रस्तावहरु तर्जुमा गर्ने,
  25. जलवायू वित्त व्यवस्थापन सम्वन्धी कार्य गर्ने,
  26. जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण सम्बन्धी कार्यक्रमहरु तयार गरी कार्यान्वयन गर्ने, गराउने,