गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

भू-संरक्षण शाखा


मुख्य कार्यहरू
  1. वृहत जलाधार, जलाधार, उप जलाधार तथा सुक्ष्म जलाधारहरुको संरक्षणका लागी अध्ययन अनुसन्धान गर्ने, गराउने,
  2. मरुभूमीकरण तथा भूमीको क्षयीकरणलाई सम्बोधन हुने कार्यक्रमहरुको लागि प्राविधिक एंव आर्थिक सहयोग जुटाउन प्रस्तावहरुको मस्यौदा तयार गर्ने
  3. सिमसार तथा ताल तलैया क्षेत्रहरुको संरक्षण, व्यवस्थापन सम्बन्धी कार्य गर्ने गराउने,
  4. विपत् जोखिम न्यूनीकरणका लागि आवश्यकता अनुसार अन्य निकायहरुसंग समन्वय तथा सहजीकरण गर्ने, गराउने,
  5. राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमसँग समन्वय तथा सहजीकरण गर्ने, गराउने,
  6. भू तथा जालाधार व्यवस्थापन सम्बन्धी अध्ययन, अनुसन्धान तथा जलाधार सूचना प्रणालीको विकास गर्ने, गराउने,
  7. मरुभूमीकरण, भूमीको क्षयीकरण तथा विपत जोखिम न्यूनीकरणका राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुको सम्पर्क विन्दु भई कार्य गर्ने ।
  8. एकिकृत जलाधार व्यवस्थापन तथा जलवायु मैत्री जलाधार सम्बन्धी निति तथा कार्यक्रम योजना निर्माण गर्ने।
  9. प्रदेशस्तरमा जल र जलाधार संरक्षण एवं उपयोग संबन्धी नीति, संरक्षण संबन्धी प्रबिधि बिकाश र व्यवस्थापनका लागि आवश्यक नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने ।
  10. प्रदेशभित्र भू स्खलन, बाढी तथा पहिरो नियन्त्रण गर्न गराउन आवश्यक नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने ।
  11. प्रदेशका महत्वपूर्ण जलाधार क्षेत्र, शहरी खानेपानीका जलाधार क्षेत्र, फेवाताल लगायतका तालको जलाधार क्षेत्रको संरक्षणका लागि एकिकृत जलाधार क्षेत्र संरक्षण नीति तयार गरी लागू गर्ने गराउने
  12. जलबिद्युत आयोजनाहरुको जलाधार क्षेत्र संरक्षणका लागि नेपाल विद्युत प्राधिकरण तथा संबद्ध आयोजनाहरुसंग आवश्यक समन्वय र सहकार्य गर्ने ।
  13. फेवाताल लगायतका तालतलैया, पोखरी, दह र सिमसार क्षेत्रहरुको दिगो संरक्षणका लागि स्थानीय तह तथा प्रदेश मातहतका निकायहरुसंग समन्वय गरी एकिकृत संरक्षणका कार्य गर्ने गराउने ।
  14. फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्रको रुपमा घोषणाका लागि आवश्यक नीति, नियम तथा योजना तर्जुमा गर्ने ।
  15. ग्रामिण सडक निर्माणका कारण सिर्जना भएका भूक्षय, पहिरो तथा बाढीका समस्याहरु न्यूनिकरण तथा संरक्षणमैत्री विकासका लागि आवश्यक नीति निर्माण र नियमन गर्ने ।
  16. प्रदेशस्तरका बाढी, पहिरो जस्ता विपद् र जोखिम न्यूनिकरणका लागि आवश्यक नीति, योजना तथा कार्यक्रम तर्जुमा गरी स्थानिय तह, मन्त्रालय मातहतका निकायसंग समन्वय र सहकार्यमा कार्यान्वयन गर्ने गराउने ।
कर्मचारीहरु

भू संरक्षण अधिकृत (आठौं)

भू संरक्षण अधिकृत (सातौं)

अधिकृतस्तर छैटौं (प्रा.)