गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

प्रशासन शाखा


मुख्य कार्यहरू
  1. प्रदेश मन्त्रालय र अन्तरगतका निकायहरुको जनशक्ति व्यवस्थापन गर्ने,
  2. प्रदेश मन्त्रालय अन्तर्गतका दरवन्दी सृजनाको लागि महाशाखा प्रमुखलाई आवश्यक सहयोग गर्ने,
  3. प्रदेश मन्त्रालयको जिन्सी व्यवस्थापन र मर्मत सम्भार गर्ने गराउने,
  4. प्रदेश मन्त्रालय अन्तर्गतका कर्मचारीहरुको विस्तृत विवरणको अभिलेख अद्यावधिक राख्ने,
  5. प्रदेश मन्त्रालय अन्तरगतका कर्मचारीहरुको नियुक्ति, खटनपटन, वृत्ति बिकास, सजाय, खारेज आदि सम्वन्धमा कारवाहीको लागी महाशाखा प्रमुख समक्ष पेश गर्ने,
  6. प्रदेश मन्त्रालयमा कार्यरत कर्मचारीहरुको समस्याहरु अवगत गरी आवश्यक कारवाही गरी महाशाखा प्रमुख समक्ष पेश गर्ने,
  7. महाशाखा प्रमुखको निर्देशन अनुसार अन्य निकायवाट आएको पत्रहरु परिपत्र गर्ने,
  8. अधीनस्त कार्यहरुको कार्य प्रगति प्रतिवेदन तयार गर्ने,
  9. अधीनस्त कर्मचारीहरुको काममा मार्ग दर्शक वनि कर्मचारीहरुलाई सुपरिवेक्षण र आवश्यकतानुसार निर्देशन गर्ने,
  10. महाशाखा प्रमुखवाट माग भई आएको राय उपलब्ध गराउने,
  11. भौतिक सम्पतिको सुरक्षा, सम्भार, मर्मत तथा संरक्षण गर्ने व्यवस्था मिलाउने,
  12. अभिलेख तथा जन-सम्पर्क व्यवस्थापन गर्ने,
  13. गुनासो तथा उजुरी सुनुवाइ गर्ने,
  14. काम नलाग्ने जिन्सी समान तथा कवाडीहरुको लिलाम विक्री सम्वन्धी कार्य गर्ने,
  15. यस शाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
कर्मचारीहरु

शाखा अधिकृत

अधिकृतस्तर छैटौं (प्र.)