गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

प्रशासन,योजना तथा अनुगमन महाशाखा


मुख्य कार्यहरू
  1. मन्त्रालयसँग सम्बन्धित आवधिक योजना, नीति कार्यक्रम, वार्षिक वजेट तथा कार्यक्रम तयार गर्ने, गराउने
  2. कार्यक्रम तथा बजेटका सम्बन्धमा प्रदेश योजना आयोग, आर्थिक मामिला तथा योजना मन्त्रालय, सम्बन्धित आयोजना तथा अन्य निकायहरुसँग समन्वय गर्ने गराउने
  3. स्वीकृत वार्षिक कार्यक्रममा संशोधन गर्नु पर्ने अवस्थामा सो स्वीकृत गराई सम्बन्धित निकायमा  पठाउने
  4. मन्त्रालयसँग सम्बन्धित नीतिहरुको निर्माण, परिमार्जन वा संशोधनहरुको मस्यौदा तयार गर्ने, गराउने
  5. मन्त्रालयसँग सम्बन्धित रणनीति, निर्देशिका, मार्गदर्शन तथा कार्यविधिहरुको निर्माण, संशोधन, परिमार्जन सम्वन्धी कार्य गरी स्वीकृत गराउने
  6. उद्योग,पर्यटन, वाणिज्य र आपूर्ती क्षेत्रका तथ्य तथ्यांक तथा सूचनाहरुको संकलन, प्रशोधन, विश्लेषण र आवश्यकता अनुसार प्रकाशन गर्ने, गराउने
  7. वन, वातावरण, जलाधार तथा जलवायू क्षेत्रका तथ्य तथ्यांक तथा सूचनाहरुको संकलन, प्रशोधन, विश्लेषण र आवश्यकता अनुसार प्रकाशन गर्ने, गराउने
  8. जलवायु परिवर्तनबाट हुन सक्ने प्रभावलाई न्यून गर्न, गराउन अन्य कार्यहरुको योजना गर्ने, गराउने
  9. जलवायु परिवर्तन सम्बन्धमा गोष्ठी, कार्यशाला तथा तालिमको आयोजना गर्ने, गराउने
  10. राष्ट्रिय नीति अनुरूप कार्वन व्यापार सम्बन्धी कार्यहरुको प्रबर्द्धन, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन लगायतका कार्यहरु गर्ने गराउने
  11. वातावरणीय जोखिमका लागि तयारी तथा उद्धार र वातावरणीय सूचना प्रणालीको सञ्चालन तथा नियमन गर्ने
  12. वातावरणीय प्रयोगशाला स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने गराउने
  13. ठोस, वायु, तरल, जल, ध्वनी तथा विद्युतीय लगायत प्रदुषणको मापदण्ड निर्धारण, कार्यान्वयन, अनुगमन तथा नियन्त्रण गर्ने गराउने
  14. न्यून कार्वनमूखी तथा वातावरणमैत्री विकास प्रक्रिया र हरित क्षेत्र प्रवर्द्धन गर्ने कानूनी तथा नितिगत व्यवश्था गर्ने
  15. वातावरणीय संरक्षण क्षेत्र तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने गराउने
  16. प्रदेशभित्र वातावरणीय क्षेत्रको अध्ययन, अनुसन्धान, क्षमता अभिवृद्धी, वातावरणीय सुशासन तथा परिक्षण कार्यको नियमन गर्ने ।जलवायु परिवर्तन र अनुकूलन सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन गर्ने गराउने
  17. जलवायु परिवर्तनबाट हुन सक्ने प्रभावलाई न्यून गर्न, गराउन अन्य कार्यहरु गर्ने, गराउने
  18. जलवायु परिवर्तन सम्बन्धमा गोष्ठी, कार्यशाला तथा तालिमको आयोजना गर्ने, गराउने
  19. राष्ट्रिय नीति अनुरूप कार्वन व्यापार सम्बन्धी कार्यहरुको प्रबर्द्धन, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन लगायतका कार्यहरु गर्ने
  20. प्रदेशस्तरमा न्यून र्काबनमूखी तथा वातावरण मैत्री विकास र हरित क्षेत्र प्रवर्द्वन गर्ने गराउने
  21. मन्त्रालयसँग सम्बन्धित वैदेशिक/सङ्घीय सहायताको लागि प्रस्तावहरु संकलन, परिमार्जन तथा मस्यौदा तयार गरी आर्थिक मामिला तथा योजना मन्त्रालय र सम्बन्धित दातृ निकायमा पेश गरी आवश्यकता अनुसार सम्पर्क र समन्वय गर्ने
  22. विकास साझेदारहरुसँग आवश्यकता अनुसार वैठक गर्ने र परियोजनाहरुको प्रगति अध्यावधिक गर्ने, गराउने
  23. दातृ निकायको सहयोगमा मन्त्रालयसँग सम्बन्धित चालु तथा संम्भावित परियोजनाहरुको विवरण अद्यावधिक गर्ने, गराउने
  24. मन्त्रालय र अन्तर्गतका निर्देशनालय, केन्द्र, कार्यालय, ईकाइ तथा आयोजनाहरुको कार्यक्रमको अनुगमन गरी पृष्ठपोषणको समेत व्यवस्था मिलाउने
  25. मन्त्रालय र अन्तर्गतका निर्देशनालय, केन्द्र, कार्यालय, ईकाइ तथा आयोजनाहरुबाट प्राप्त आवधिक एवं वार्षिक प्रगति प्रतिवेदनहरू आवश्यकता अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश योजना आयोग लगायत तोकिएका निकायहरुमा म्यादभित्र पेश गर्ने
  26. मासिक, चौमासिक र वार्षिक प्रगति समीक्षा र आवश्यकता अनुसार मन्त्रालय स्तरीय विकास समस्या समाधान वैठक गर्ने गराउने
  27. मन्त्रालयसँग सम्बन्धित कार्यक्रम प्रभावकारी ढंगले सञ्चालनका लागि प्रादेशिक एवं स्थानीय तहहरुसँग सम्पर्क र समन्वयको व्यवस्था मिलाउने
  28. मन्त्रालयसँग सम्बन्धित विषयको अध्ययन, अनुसन्धान तथा क्षमता विकास कार्यमा विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा शैक्षिक संस्थाहरुसँग समन्वय गर्ने गराउने
  29. आवश्यकता अनुसार समवन्धित विषयमा हुने सभा, सम्मेलन, गोष्ठी, सेमिनारमा भाग लिने
  30. मन्त्रालयसंग सम्बन्धित विषयहरुमा प्रादेशिक तथा राष्ट्रिय/अन्तराष्ट्रिय संघ संस्थाहरुसंग समझदारी, समन्वय तथा सहकार्यको व्यवस्था मिलाउने
  31. महाशाखा अन्तरगतका कर्मचारीहरुको काममा मार्गदर्शक बनी कर्मचारीहरुलाई सुपेरिबेक्षण र आवश्यकता अनुसार निर्देशन र नियन्त्रण समेत गर्ने
  32. मन्त्रालयको पुस्तकालय व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने
  33. संस्थागत उद्देश्य प्राप्तिका लागी मातहतका शाखालाई निर्देशन दिने
  34. मन्त्रालय र अन्तरगतका निकायहरुको जनशक्ति व्यवस्थापन, आर्थिक प्रशासन र आन्तरिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने
  35. मन्त्रालयको जिन्सी व्यवस्थापन र मर्मत सम्भार सम्बन्धी कार्य गर्ने, गराउने
  36. भौतिक सम्पत्तिको सुरक्षा, मर्मत सम्भार आदि गर्ने, गराउने
  37. सार्वजनिक खरिद ऐन/नियमावली बमोजिम सरकारी खरिद सम्बन्धी कार्य गर्ने, खरिद भएको जिन्सी सामानको दाखिला, निरीक्षण र खर्च सम्बन्धी कार्य गर्ने, गराउने
  38. काम नलाग्ने जिन्सी सामानहरु तथा कवाडीको लिलाम विक्री सम्बन्धी कार्य गर्ने, गराउने 
  39. मन्त्रालय र अन्तरगतका निकायहरूको वेरुजु फछर्यौट गर्ने, गराउने
  40. मन्त्रालय र अन्तरगतका निकायहरुको जनशक्ति विकास सम्बन्धी कार्यहरु गर्ने, गराउने
  41. मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादित कार्यका विषयमा प्राप्त उजुरी, गुनासो आदिको जाँचबुझ तथा छानविन सम्बन्धी कार्य गर्ने, गराउने
  42. कर्मचारीहरुको गुनासो व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने
  43. कर्मचारीहरुको विभागीय कारवाही तथा प्रोत्साहन लगायतका कार्यहरु गर्ने, गराउने
  44. मन्त्रालयसँग सम्बन्धित कर्मचारीहरुको अध्ययन, असाधारण लगायतका विदाहरु सम्बन्धी कार्य गर्ने, गराउने
  45. अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुशासन ईकाई र प्रशासन सुधार सम्वन्धी कार्यको सम्पर्क विन्दुको रुपमा काम गर्ने गराउने
  46. मन्त्रालयसँग सम्बन्धित वैदेशिक भ्रमणको मनोनयन सम्बन्धी कार्य गर्ने
  47. संस्थागत उद्देश्य प्राप्तिका लागी मातहतका शाखालाई निर्देशन दिने
  48. शाखाका कर्मचारीहरुको कार्य सम्पादन मुल्यांकन गर्ने
  49. मातहतका कर्मचारीहरुको अनुगमन र निरीक्षण गर्ने
  50. प्रशासन सम्वन्धी कार्यमा सचिवलाई आवश्यक राय उपलब्ध गराउने
  51. यस महाशाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने