गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

आर्थिक प्रशासन शाखा


मुख्य कार्यहरू
  1. साधारण बजेट तर्जुमा र विकास बजेटको रकम योजना र कार्यक्रम हेर्ने सम्बन्धित शाखा वा महाशाखासंग समन्वय गरी तर्जुमा सम्बन्धी कार्य गर्ने,
  2. आर्थिक कारोवारसँग सम्बन्धित काम र जिम्मेवारी वहन गरी आ.प्र. नियमावली वमोजिम निकासा माग गर्ने,
  3. निकासा भएको रकमको खर्चको हिसाब किताब रीतपूर्वक सुरक्षा साथ राख्ने, खर्चको फाँटवारी तथा आर्थिक विवरण तयार गर्ने तथा फाँटवारी एवं आर्थिक विवरण कार्यालय प्रमुखबाट स्वीकृत  गराई समयमै सम्बन्धित निकायमा पठाउने,
  4. मन्त्रालय र अन्तर्गतको विनियोजन राजस्व र धरौटीको वार्षिक केन्द्रीय आ.वि. बनाई सम्बन्धित निकायमा पठाउने र आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने,
  5. लेखापरीक्षणबाट कायम हुन आएको बेरुजूको लगत राख्ने र बेरुजू फर्छ्यौट गर्ने प्रमाण जुटाई पेश गर्ने गराउने तथा नियमित गर्नुपर्ने बेरुजूहरु नियमित गर्न सचिव समक्ष पेश गर्ने,
  6. आर्थिक कारोवार गर्दा प्रचलित आ.प्र. नियमावली वमोजिम रीत पुगेको नपुगेको जाँची रीत पुगेकोमा भुक्तानीको निमित्त पेश गर्ने,
  7. कार्यालय प्रमुखले सुम्पेको आर्थिक कारोवार सम्बन्धी काम गर्ने र आर्थिक कारोवारमा कार्यालय प्रमुखलाई राय दिने,
  8. स्वीकृत बिनियोजित बजेट अन्तर्गत कार्य संचालनस्तरमा प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबाट रकम निकाशा लिनुपर्ने कार्यमा सहयोग गर्ने,
  9. मन्त्रालयको आवश्यकता अनुसार रकमान्तर सम्बन्धी कार्यबाही गर्ने कार्यमा सहयोग गर्ने,
  10. ऐन नियमानुसार कार्य संचालन स्तरको तोकिएको श्रेस्ताहरु अद्यावधिक राख्ने राख्न लगाउने,
  11. कार्य संचालनको लागि नियमानुसार खाता संचालन गर्ने गराउने कार्यमा सहयोग गर्ने,
  12. कर्मचारीहरुलाई स्वीकृत भए बमोजिमको रकम पेश्कि दिने र कार्य सम्पादन भएको अवधिले नियमानुसार पाउने भित्र पेश्कि फछ्यौट गराउने,
  13. निर्माण कार्यहरु वा ठेक्का पट्टाबाट निर्माण र सामान खरिद कार्य भएकोमा प्रचलित ऐन नियमको अधिनमा रहि भुक्तानी दिने दिलाउने ब्यवस्था मिलाउने र दिलाउन पेश गर्ने कार्यमा सहयोग गर्ने,
  14. नियम बमोजिम बिभिन्न बजेट अन्तर्गत भएका खर्चहरुको भुक्तानी दिन वा आर्थिक सहायताहरु प्रदान गर्ने कार्यहरुमा सहयोग गर्ने,
  15. कर्मचारीहरुलाई नियमानुसार तलबभत्ता, उपदान, लुगा भत्ता, औषधी खर्च उपलब्ध गराउने कार्यमा सहयोग गर्ने,
  16. मन्त्रालय तथा मातहतका निकायहरुको बेरुजु फछ्यौट र लेखा परिक्षण गराउने कार्यमा सहयोग गर्ने गराउने,
  17. तलवबाट कट्टाभएको कर्मचारी संचयकोष, नागरिक लगानी कोष, र सापटी कट्टी रकम सम्बन्धित कार्यालयमा दाखिला गर्ने गराउने कार्यमा सहयोग गर्ने गराउने,
  18. यस शाखालाई निर्दिष्ट गरेका अन्य कार्यहरुका साथै तोकिए बमोजिमका कार्यहरु गर्ने।
कर्मचारीहरु

अधिकृतस्तर आठौं (प्र.)