गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

कानुन तथा फैसला कार्यान्वयन शाखा


मुख्य कार्यहरू
  1. उद्योग, वाणिज्य, आपूर्ती तथा पर्यटनसँग सम्वन्धित ऐन, नियम, कानून तथा निर्देशिकाहरुको तर्जुमा, पुनरावलोकन एवं संशोधन सम्वन्धी कार्य गर्ने,
  2. उद्योग, वाणिज्य, आपूर्ती तथा पर्यटन सँग सम्वन्धी कानूनहरुको प्रभावकारी कार्यान्वयनका लागि अध्ययन, अनुसन्धान र प्रचारप्रसार सम्वन्धी कार्य गर्ने,
  3. उद्योग, वाणिज्य, आपूर्ती तथा पर्यटन लगायतका विषयहरुमा मन्त्रालय एवं स्थानीय तहलाई कानूनी राय परामर्श दिने सम्वन्धी कार्य गर्ने,
  4. अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्वन्धित कार्यहरु गर्ने,
  5. मन्त्रालयलाई विपक्षी वनाई अदालतमा दायर भएका रिट निवेदन र पुनरावेदन सम्वन्धी मुद्दाहरुको प्रतिरक्षाका लागि लिखित जवाफ तयार गरी पेश गर्ने,
  6. उद्योग, वाणिज्य, आपूर्ती तथा पर्यटनसँग सम्वन्धी नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय महासन्धीहरुको कानूनी पक्षको कार्यान्वयन, अनुगमन र मूल्याङ्कन सम्वन्धी कार्य गर्ने,
  7. वन, वातावरण तथा जलाधारसँग सम्वन्धित ऐन, नियम, कानून तथा निर्देशिकाहरुको तर्जुमा, पुनरावलोकन एवं संशोधन सम्वन्धी कार्य गर्ने,
  8. वन, वातावरण तथा जलाधारसँग सम्वन्धी कानूनहरुको प्रभावकारी कार्यान्वयनका लागि अध्ययन, अनुसन्धान र प्रचारप्रसार सम्वन्धी कार्य गर्ने,
  9. वन, वातावरण तथा जलाधार लगायतका विषयहरुमा मन्त्रालय एवं स्थानीय तहलाई कानूनी राय परामर्श दिने सम्वन्धी कार्य गर्ने,
  10. अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्वन्धित कार्यहरु गर्ने,
  11. मन्त्रालयलाई विपक्षी वनाई अदालतमा दायर भएका रिट निवेदन र पुनरावेदन सम्वन्धी मुद्दाहरुको प्रतिरक्षाका लागि लिखित जवाफ तयार गरी पेश गर्ने,
  12. वन, वातावरण तथा जलाधारसँग सम्वन्धी नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय महासन्धीहरुको कानूनी पक्षको कार्यान्वयन, अनुगमन र मूल्याङ्कन सम्वन्धी कार्य गर्ने,
  13. मन्त्रालय पक्ष हुने सन्धी, सम्झौता, समझदारीपत्रमा राय उपलब्ध गराउने सम्वन्धी कार्य गर्ने,
  14. मन्त्रालय अन्तर्गतका संस्थान, समितिको नियम, गठन आदेश र विनियमको संशोधन, परिमार्जन वा नयाँ मस्यौदा तयार गरी स्वीकृतिका लागि पेश गर्ने,
  15. प्रदेश राजपत्रमा प्रकाशन गरिनुपर्ने सूचना र अन्य यस्तै विषय सम्वन्धी कार्य गर्ने,
  16. सम्मानित अदालतहरुबाट भएका निर्णय कार्यान्वयनमा सहयोग पुर्‍याउने
  17. यस शाखालाई निर्दिष्ट गरिएका तथा तोकिएका अन्य कार्यहरु गर्ने।
कर्मचारीहरु