गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

जैविक विविधता तथा पर्यापर्यटन शाखा


मुख्य कार्यहरू
  1. वन उद्यम सम्वन्धी नीति, कानून, मापदण्ड कार्यविधि तयार गर्न सहयोग गर्ने,
  2. निजी वन विकास, वन्यजन्तु र वन पैदावारमा आधारित उद्यम विकास गरी रोजगारी सृजना गर्ने र निकासी तथा पैठारीलाई प्रोत्साहन गर्न मापदण्ड तयार पार्ने,
  3. वनजन्य उद्योग र कच्चा पदार्थहरुको प्रबन्ध सम्बन्धमा अन्तर विभागीय एवं अन्तर मन्त्रालय समन्वय र सम्पर्क सम्बन्धी कार्य गर्ने,
  4. जडिवुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्भेक्षण, संकलन, प्रवर्द्धन, प्रशोधन, उत्पादन, वजार व्यवस्था, उपयोग सम्वन्धी कार्यहरुको विश्लेषण गरी समसायिक नीति निर्माणका कार्य गर्ने,
  5. वन तथा वनजन्य उद्योगको लागि कच्चा पदार्थ उपलव्ध गराउने सम्बन्धमा मापदण्ड तयार गर्ने, साथै सो सम्वन्धी राजश्व, शुल्क, महशुल आदिको वारेमा राय प्रतिक्रिया उपलब्ध गर्ने, गराउने,
  6. उद्यम शाखालाई निर्दिष्ट गरिएका अन्य कामहरु  गर्ने ।
  7. पर्यापर्यटन सम्भावित स्थलहरुको पहिचान, निरीक्षण तथा योजना निर्माण गर्ने।
  8. पर्यापर्याटन सम्वन्धी नीति, कानून, मापदण्ड कार्यविधि तयार गर्न सहयोग गर्ने ।
  9. वनस्पति उद्यान, चिडियाखाना, उद्यार केन्द्रहरुको नियमन गर्ने गराउने ।
  10. पर्यटन गतिविधिका कारणले वातावरणीय क्षती हुन नदिन आवश्यक कानूनी व्यवश्था गर्ने गराउने।
  11. जैविक विविधता संरक्षणमा परस्थानीय प्रजातिको संरक्षणको लागि वनस्पति उद्यान र प्राणी उद्यान लगायत हात्तीसार, चिडियाखाना व्यवस्थापन सम्वन्धी नीतिगत कार्यहरु गर्ने,
  12. वन वनस्पति, वन्यजन्तु र जैविक विविधता सम्बन्धी प्रादेशिक सङ्ग्रहालय व्यवस्थापनमा समन्वय गर्ने
  13. वन्यजन्तु पालन एंव प्रजनन विकास  गरि अध्ययन अनूसंधान गर्ने ।
  14. जडिबुटी खेती प्रबिधि प्रर्बधन, विस्तार तथा बजारीकरण सम्बन्धी नीति तथा कानुन तर्जुमा  गर्ने तथा सोको कार्यान्वयन र नियमन गर्ने ।
  15. बृक्षारोपणको लागि दिगो तथा गुणस्तरीय बीउ उत्पादन, बीउ बगैचा स्थापना र व्यवस्थापन गर्ने
  16. बहुमूल्य जडिबुटी लगायत गैरकाष्ठ वन पैदावरहरुको प्रादेशिक तहको तथ्यांक संकलन तथा अध्यावधिक विवरण राख्ने ।
  17. खेती प्रबिधि प्रर्बधन, विस्तार तथा बजारीकरण सम्बन्धी नीति तथा कानुन तर्जुमा  गर्ने तथा सोको कार्यान्वयन र नियमन गर्ने
  18. प्रदेशभित्र जडिबुटी तथा अन्य गैह्काष्ठ वन पैदावार सम्बन्धी व्यवस्थापनका कार्यहरु गर्न सहजिकरण गर्ने
  19. बैज्ञानिक वन व्यवस्थापन पद्धतीलाई समयानुकुल परिमार्जन गरी सरल र प्रभावकारी बनाइ प्रदेशको  वन क्षेत्रमा कार्यान्वयनमा ल्याउने

वन क्षेत्रमा रोजगारी श्रृजना गर्ने खालका उद्यमको विकास, विस्तार र प्रबर्द्धन गर्ने

कर्मचारीहरु

वन अधिकृत (आठौं)

अधिकृतस्तर छैटौं (प्रा.)