गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

वन संरक्षण तथा व्यवस्थापन महाशाखा


मुख्य कार्यहरू
  1. प्रदेशस्तरमा वन क्षेत्रको नीति, कानुन तथा मापदण्ड कार्यान्वयन र नियमन गर्ने ।
  2. जडिबुटि खेति सम्बन्धी नीति तथा कानुन तर्जुमा, कार्यान्वयन र नियमन तथा जडिबुटि खेति प्रविधि प्रवर्द्धन, विस्तार तथा वजारिकरण, अध्ययन अनुसन्धान तथा तथ्याङ्क संकलन गर्ने ।
  3. वन अतिक्रमण तथा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी नीति समन्वय र सहयोग गर्ने।
  4. प्रदेशभित्र वृक्षारोपण तथा सम्भार सम्बन्धी नीति, कानुन तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन गर्ने 
  5. वन्यजन्तु र चराचुरुङ्गी सम्बन्धी प्रादेशिक नीति, कानुन तथा मापदण्ड तर्जुमा कार्यान्वयन र नियमन गर्ने ।
  6. वन पैदावारमा आधारित उद्यम तथा उद्योगहरुको स्थापना, विकास र प्रवर्द्धनका लागि आवश्यक व्यवस्था गर्ने,
  7. प्रदेशभित्र संचालन हुने वन विकास कार्यक्रमहरुको अनुगमन र मूल्याङ्कन गर्ने,
  8. संरक्षणमुखी, उत्पादनमुखी एवं पर्यापर्यटन प्रवर्द्धनमुखी सामुदायिक वनहरुमा दिगो व्यवस्थापनको सिद्धान्त बमोजिम व्यवस्थापन गर्न आवश्यक प्रादेशिक नीति एवं मापदण्ड तयारी सम्बन्धी कार्यहरु गर्ने, गराउने,
  9. जैविक विविधतासँग अन्तरसम्बन्धित अर्न्तर्राष्ट्रिय महासन्धिहरु जस्तै जैविक विविधता महासन्धि (CBD), यस अर्न्तर्गतका अभिसन्धि तथा संयन्त्रहरु, र्साईटिस महासन्धि, रामसार महासन्धि तथा UNESCO, GTF, SAWEN लगायतका द्विपक्षीय एवं बहुपक्षीय सन्धि, सम्मेलन र समझदारीहरुको  सर्म्पर्क, समन्वय र सहकार्य गर्ने गराउने,
  10. जैविक विविधतासंग सम्वन्धी राष्ट्रिय र अर्न्तर्राष्ट्रिय कानून कार्यान्वयन गर्ने, गराउने,
  11. जैविक विविधता सम्वन्धी अध्ययन अनुसन्धान कार्यमा विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा शैक्षिक प्रतिष्ठानहरुसंग समन्वय गर्ने,