गण्डकी प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा नेपाल

forest logo

वन व्यवस्थापन शाखा


मुख्य कार्यहरू
  1. राष्ट्रिय वन क्षेत्रको जग्गा अन्य प्रयोजनका लागि उपलब्ध गराउने सम्वन्धमा आवश्यक प्रकृया अवलम्वन गरी निर्णयका लागि राय उपलब्ध गराउने,
  2. वन्यजन्तुबाट हुने क्षति तथा राहतका लागि आवश्यक प्रकृया अवलम्वन गर्ने,
  3. मन्त्रालयमा पेश हुने वन व्यवस्थापन योजनाहरु अध्ययन गरी स्वीकृतिको लागि सचिव समक्ष पेश गर्ने,
  4. मन्त्रालयसँग सम्बन्धित आवधिक योजना, नीति कार्यक्रम, वार्षिक वजेट तथा तर्जुमामा आवश्यक सहजीकरण गर्ने, गराउने,
  5. सामुदायिक वन, साझेदारी वन, गरिबमुखी कबुलियती वन, धार्मिक वन लगायत समुदायमा आधारित सहभागितामूलक वन व्यवस्थापन पद्धतिहरु सम्बन्धी अभिलेख राख्ने तथा अध्ययन अनुसन्धान गर्ने, गराउने,
  6. उत्पादनमुखी सामुदायिक वनहरुको दिगो व्यवस्थापनका प्रादेशिक एवं राष्ट्रिय आधार र सूचकहरु निर्माणका लागि आवश्यक सहजीकरणका कार्यहरु गर्ने गराउने,
  7. सामुदायिक वनभित्रका वन्यजन्तुको संरक्षणका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने,
  8. सामुदायिक वन उपभोक्ता समूहहरुको संस्थागत दिगोपना, समावेशी प्रतिनिधित्व एवं निर्णय प्रक्रियामा सहभागिताको लागि नीतिगत कार्यहरु गर्ने गराउने,
  9. सहभागितामूलक वन डढेलो नियन्त्रण एवं रोकथाम सम्वन्धी नीतिगत कार्यहरु गर्ने गराउने,
  10. वन श्रमिक, वन हेरालु, सामुदायिक वनहरुको संरक्षण, व्यवस्थापनमा आवश्यक दक्ष जनशक्तिको योग्यता तथा कार्यसूचीको मापदण्ड निर्माण सम्वन्धी कार्यहरु गर्ने गराउने,
  11. सहभागितामूलक वन व्यवस्थापन पद्धतिहरुको स्थानीय, प्रदेश एवं केन्द्रीय तहसंगको अन्तरसम्वन्ध एवं समन्वय सम्बन्धी आवश्यक प्रादेशिक कार्यविधिको निर्माण गर्ने गराउने,
  12. सहभागितामूलक वन व्यवस्थापन समूहहरुको क्षमता विकास, हरित रोजगारीको अध्ययन अनुसन्धान गर्ने गराउने,
  13. स्वीकृत वन व्यवस्थापन योजनाको कार्यान्वयनको अवस्था सम्वन्धमा अनुगमन निरीक्षण गरी आवश्यक सल्लाह प्रदान गर्ने,
  14. उच्च मूल्यका वनजन्य जडिबुटी र गैह्रकाष्ठ वन पैदावारहरुको उत्पादन, प्रवर्द्धन र बजारीकरण प्रवर्धन सम्वन्धी आवश्यक व्यवस्था मिलाउने,
  15. सहभागितामूलक वन सम्बन्धी गोष्ठीहरुको आयोजना, समन्वय, सहभागिता सम्बन्धी कार्यहरु गर्ने, गराउने,
  16. वन व्यवस्थापन सम्बन्धी अध्ययन, अनुसन्धान, प्रकाशन तथा प्रवर्द्धनको कार्य गर्ने, एवं आवधिक मुल्यांकन तथा समीक्षा सम्वन्धी कार्य गर्ने,
  17. सरकारी, सार्वजनिक, निजी क्षेत्र, कृषि वन, सहरी क्षेत्रमा वृक्षारोपण तथा वन विकासको आवश्यक व्यवस्था मिलाउने ।
  18. प्रदेशस्तरमा संरक्षण क्षेत्र र चरन क्षेत्रको नियमन गर्ने।
  19. जैविक विविधता पार्क, हात्तिसार तथा चिडियाखानाको नियमन गर्ने ।
  20. प्रदेशस्तरका जैविक विविधताको अध्ययन, अनुसन्धान, व्यवस्थापन र नियमन, संरक्षण एवं लाभांश बाँडफाँड गर्ने ।
  21. संरक्षण क्षेत्र पहिचान र व्यवस्थापकीय पद्दति निर्धारण गर्ने ।
  22. जैविक विविधता सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमामा आवश्यक सहजीकरण गर्ने, गराउने,
  23. जैविक विविधताको अभिलेखीकरण तथा पंजीकरण सम्बन्धी विषयमा समन्वय गर्ने, गराउने,
  24. परम्परागत जैविक प्रविधि र ज्ञानको अभिलेखीकरण सम्वन्धी नीतिगत कार्य गर्ने,
  25. जैविक विविधता विषयमा राष्ट्रिय र अर्न्तर्राष्ट्रिय संघ संस्थाहरुसंग समन्वय गर्ने गराउने,
  26. राष्ट्रिय र अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धान अनुमति प्रदान गर्ने सम्वन्धी कार्य गर्ने,
  27. जैविक विविधता सम्वन्धी महासन्धि तथा अभिसन्धिहरुको राष्ट्रिय रणनीति तथा कार्ययोजना एवं राष्ट्रिय प्रतिवेदन तयारी गर्ने कार्य गर्ने,
  28. जैविक विविधता सम्वन्धी भू परिधीय कार्यक्रम र आयोजनाहरुको समन्वय र सहकार्य गर्ने,
  29. वन जैविक प्रविधि सम्बन्धी अध्ययन, अनुसन्धान तथा प्रविधि विकास सम्बन्धी काम गर्ने, गराउने,

यस शाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।

कर्मचारीहरु

अधिकृतस्तर छैटौं (प्रा.)

वन अधिकृत (आठौं)